बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

काठमाडौंमा बुधबार बिहानै भूकम्पको धक्का, केन्द्रबिन्दू सिन्धुपाल्चोक

दैनिक नेपाल २०७७ भदौ ३१ गते ५:३९

काठमाडौं, ३१ भदाै । काठमाडौं उपत्यकामा धक्का महशुस गरिएको भूकम्पको धक्का सिन्धुपाल्चोक जिल्लाको कोदारी राजमार्गको सखुवा नजिकै केन्द्र विन्दु रहेको खुलेको छ ।

साइन्स फर चेन्जिङ वर्ल्ड (युएसजीएस)का अनुसार बुधबार बिहान ५ बजेर १९ मिटनमा ५.३ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पले जमीनमुनि १० किलोमिटर तल केन्द्र बनाएको युएसजीएसले जनाएको छ ।

भूकम्पले हल्लाएपछि काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका सर्वसाधारणहरू घर बाहिर निस्किएका थिए ।

भूकम्पले सबैभन्दा ठूलो धक्का सिन्धुपाल्चोक र असापासका जिल्लाहरूमा भएको जनाइएको छ । भूकम्पले के कति क्षति भएको छ भन्नेबारे विवरण आइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित