३ कार्तिक २०८३, मंगलबार

आयुर्वेदिक कारण अक्षय कुमारले दैनिक रुपमा पिउँछन् गहुँत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले आफूले दैनिक रूपमा गहुँत पिउने गरेको बताएका छन् ।

उनले ‘इन टु द वाइल्ड’को आफ्नो विशेष एपिसोडको विषयमा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्ससँग इन्स्टाग्राम लाइभ सेसनका क्रममा यो खुलासा गरेका हुन् ।

अक्षयले भनेका छन्, ‘आयुर्वेदिक कारणले म दैनिक गहुँत पिउँछु। त्यसैले यो मेरो लागि रत्तिभर पनि कठिन छैन ।’

कार्यक्रम प्रस्तोता बेयरले भने, ‘मेरो कार्यक्रममा आउने थुप्रै पाहुना यस्तो जानकारी दिन सक्दैनन्। जब मानिसहरू चर्चित हुन्छन् तब उनी आफ्नो कम्फर्ट जोनबाट बाहिरको काम गर्न बन्द गर्छन्। किनभने उनीहरू आफ्नो कमजोरीदेखि डराउँछन्। तर अक्षय कुनै पनि कुराका लागि तयार थिए ।’

‘इन टु द वाइल्ड’को यो एपिसोड डिस्कभरी च्यानलमा प्रसारण भएको छ। यो वर्षको सुरुमा मैसुरुको बान्दीपुर टाइगर रिजर्भमा यसको सुटिङ गरिएको थियो ।

हाल अक्षय कुमार आफ्नो आगामी फिल्म ‘बेल बटम’को सुटिङका लागि स्कटल्यान्डमा छन् । यो फिल्ममा लारा दत्ता र वाणी कपूर पनि छिन् ।