शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भारतद्वारा प्याजको निकासमा रोक, नेपालमा अभाव र मूल्य बढ्न सक्ने

दैनिक नेपाल २०७७ भदौ ३० गते ६:२०

काठमाडौं, ३० भदौ । प्याजको निकासीमा भारतले प्रतिबन्ध लगाएको छ ।

भारतले प्याज निर्यातसम्बन्धी नीतिमा परिमार्जन गरेको छ । नयाँ नीतिसँगै भारत सरकारले प्याजको निकासीमा प्रतिबन्ध लगाएको हो ।

भारतीय उद्योग तथा आपूर्ति मन्त्रालयले सूचना जारी गर्दै प्याजको निकासीमा प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयको वैदेशिक व्यापार विभागका महानिर्देशक अमित यादवले गरेको हस्ताक्षर गरेको सूचनामा सबै किसिमका प्याजको निकासीमा प्रतिबन्ध लगाएको उल्लेख छ ।

भारत सरकारको यो निर्णयसँगै अब भारतीय प्याज नेपाली बजारमा आउनेछैन ।

नेपालले भारतबाट प्याजको आयात गरिरहेको छ । नेपालमा प्याजको मूल्य बढ्नुका साथै अभाव हुन सक्ने व्यापारीहरूले बताएका छन् ।

भारतले आफ्नो बजारमा प्याज अभाव हुन थालेको र मूल्य बढ्ने क्रम नरोकिएका कारण प्याजको निकासीमा प्रतिबन्ध लगाइदिएको छ ।

प्रतिक्रिया
सम्बन्धित