
काठमाडौँ, २९ भदौ । दाङमा गत २४ घण्टामा थप ४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पीसीआर परीक्षणमा ४४ जनामा संक्रमण देखिएको जनाएका छन् ।
थपिएका संक्रमितहरुमा घोराी उपमहानगरपालिकाका १९ जना, शान्तिनगर गाउँपालिकाका १७ जना, बबई गाउँपालिकाका ८ जना रहेका छन् ।
यससँगै दाङमा यससँगै संक्रमितको संख्या ९ सय १९ पुगेको छ । जसमध्ये ७ सय ४३ जना निको भइसकेका छन् भने २ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया