७ कार्तिक २०८३, शनिबार

२४ घण्टामा ८ सय ७९ ले जिते कोरोना, साढे ३९ हजार बढी निको

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ भदौ । नेपालमा थप ८ सय ७९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ८ सय ७९ जना संक्रमित निको भएको जानकारी दिए ।

योसहित निको हुनेको संख्या ३९ हजार ५ सय ७६ पुगेको छ ।

सोमबार थप १ हजार १ सय ७० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ५५ हजार ३ सय २९ जना पुगेको छ ।

हाल देशभर १५ हजार ३ सय ९३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ३ सय ६० जना पुगेको छ ।