
काठमाडौँ, २९ भदौ । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
चोरखोलामा सोमबार दिउँसो गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
उक्त स्थानमा सोमबार साढे २ बजे सुख्खा पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।
पहिरो पन्छाउने काम सुरु भइसकेको चितवन प्रहरीले जनाएको छ । ईच्छाकामना गाउँपालिका वडा नं. ६ अन्तर्गतको स्थान पहिरो खसेको र पहिरो पन्छाएर सडक खुल्न केही समय लाग्ने प्रहरीले जनाएको छ ।















प्रतिक्रिया