
काठमाडौँ, २९ भदौ । मोरङमा १७ दिनदेखि जारी निषेधाज्ञा हटेको छ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा जल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
समितिले भदौ ५ गतेबाट आंशिक र ११ गतेबाट भने मोरङभर निषेधाज्ञा लगाएको थियो । त्यसपछि पछिल्लो समय भदौ १६ र २२ गते निषेधाज्ञाको अवधि थप गरिएको थियो ।
निषेधाज्ञाको जिल्लामा व्यवसायीलगायतले विरोध गर्दै आएका थिए । तर मोरङमा समुदायमा संक्रमण फैलिएको बताइएको छ । हालसम्म कोरोना संक्रमित संख्या २ हजार २ सय १२ पुगेको छ । कोरोना संक्रमित २८ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया