
चितवन, २९ भदौ । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
आईसीयूमा उपचार भइरहेको उनको आइतबार मृत्यु भएको हो ।
जिल्लामा मृत्यु हुने कोरोना संक्रमितको संख्या २७ जना पुगेको छ । दुई जनाको भने घरमै मृत्यु भएको थियो ।















प्रतिक्रिया