
जनकपुरधाम, २९ भदौ । जनकपुरमा थप १ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुर निवासी ३५ वर्षीया महिलाको जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो ।
ज्वरोसँगै स्वाँसप्रस्वासमा समस्या आएपछि उनी ४ दिनअघि जनकपुरधामस्थित काव्य हस्पिटलमा भर्ना भएकी थिइन् । अस्पताल भर्ना भएपछि गरिएको स्वाब परीक्षणबाट हिँजो आइतबार उनमा कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि आइतबार नै प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको उनको साँझ मृत्यु भएको धनुषाका कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।















प्रतिक्रिया