१ कार्तिक २०८३, शनिबार

घरधनीको कुटाइबाट मृत्यु भएका डेरावाल शम्भुका आफन्तले शव बुझेनन्

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २९ भदौ । कीर्तिपुरमा घरबेटीले कुटेर मृत्यु भएका डेरावाल शम्भु चौधरीको शव बुझ्न आफन्तले मानेका छैनन् ।

अहिले चौधरीको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घरबेटी र पीडितबीच सहमति हुन नसकेकाले अहिलेसम्म शव उठाइएको छैन ।

शम्भुकी श्रीमती मिराले प्रेमकृष्णको सबै परिवारलाई पक्राउ गरेपछि मात्रै शव बुझ्ने बताएपछि शव उठ्न नसकेको बताइएको छ । कुटपीट गर्नेमाथि कडा कारबाही हुनुपर्ने पीडितहरुकोको माग छ ।

भारत घर भएका ४४ वर्षका शम्भु केही समययता कीर्तिपुरमा बस्दै आएका थिए । कोरोना भाइरस र लकडाउनका कारण उनले आफू बस्दै आएको घरको भाडा तिर्न सकेका थिएनन् ।

यही विषयमा घरबेटीसँग झगडा पर्दै आएको चौधरीका आफन्तले बताएका छन । शुक्रबार यही विषयलाई लिएर घरबेटी प्रेमलाल महर्जन र चौधरीबीच विवाद भयो ।

विवादका क्रममा महर्जनले काठको आग्लोले हिर्काएर गम्भीर घाइते बनाएपछि उपचारको क्रममा उनको ज्यान गएको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चौधरीका परिवार र आफन्तले यो झगडा भाडा दिन नसकेका कारण भएको भनेका छन् । तर, महर्जनले पानीको विषयमा झगडा हुँदा यो घटना भएको प्रहरीमा बयान दिएको प्रहरीले बताएको छ ।

घटनासँग सम्बन्धित प्रेमलालसहित ३ जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।