१ कार्तिक २०८३, शनिबार

बालबालिकाको मौलिक हक कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको मौलिक हक कार्यान्वयन गर्दै उनीहरुको संरक्षणमा सरकार पतिबद्ध रहेको बताएका छन् ।

सोमबार राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाका सम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताएका छन् ।

सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री ओलीले बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याएर कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोगसहितको स्तरीय शिक्षा, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने सरकारको नीति रहेको प्रष्ट पारेका छन् ।

‘बालबालिकाका लागि सुरम्य पारिवारिक–सामाजिक वातावरण निर्माण गर्न संघीय सरकारको प्रयास मात्र पर्याप्त हुँदैन’, सन्देशमा भनिएको छ, ‘त्यसका लागि सबै तहका सरकार, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकासका साझेदार, निजी क्षेत्र तथा सञ्चारकर्मी सबैको रचनात्मक सहभागिता तथा सहयोगको अपेक्षा गर्दछु ।’