शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

बँदेल मार्न थापिएको पासोमा परी एक जनाको मृत्यु

दैनिक नेपाल २०७७ भदौ २९ गते ७:३९

परासी, २९ भदाै । नवलपरासी जिल्लामा बँदेल मार्न थापिएको करेन्टको पासोमा परी एक जनाको मृत्यु भएकाे छ ।

घर नजिकैको जङ्गलबाट आउने बँदेलले धानबाली नष्ट गरेको भन्दै बँदेल मार्न थापेको पासोमा परि रामग्राम नगरपालिका १४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको ज्यान गएकाे हो ।

शुक्रबार राति घरबाट निस्केका श्रीमान् हराएको भनी यादवकी श्रीमती सोनियाले खोजीका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

खोजी गर्दा यादवसँगै अन्य चार जना मिलेर पासो थापेको र उनको ज्यान गएपछि चारै जना फरार भएको पत्ता लागेपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु लामाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित