
काठमाडौँ, २८ भदौ । सत्तारुढ नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
बालुवाटारमा आइतबार साँझ भएको भेटवार्तामा भर्खरै सकिएको स्थायी कमिटीको समीक्षा भएको बताइएको छ ।
छलफलमा पार्टीका महासचिव विष्णु पौडेल पनि सहभागी थिए । करिब २ घण्टा भएको छलफलमा निकै विवादका बाबजुद पनि स्थायी कमिटी बैठक सकारात्मक निष्कर्षका साथ सम्पन्न भएको दुवै अध्यक्षको भनाइ रहेको स्रोतले जनाएको छ ।
पार्टीको एकतालाई बलियो बनाउने र सहमतिमा अघि बढ्ने निचोड दुवै जनाले निकालेको बताइएको छ । असार १० गतेदेखि सुरु पार्टीको स्थायी कमिटीको बैठक पार्टीका विवादका कारण पटक पटक स्थगित हुँदै आएकोमा भदौ २६ गते सकिएको थियो ।















प्रतिक्रिया