७ कार्तिक २०८३, शनिबार

अब २ हजारमै पीसीआर परीक्षण हुने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ भदौ । सरकारले पीसीआर परीक्षणको शुल्क थप सस्तो बनाएको छ ।

अब सरकारी तथा निजी प्रयोगशालाहरुमा २ हजार रुपैयाँमै कोरोना भए नभएको पत्ता लगाउन पीसीआर परीक्षण हुने भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण भएको जानकारी दिए ।

सुरुमा पीसीआर परीक्षणको मूल्य ५ हजार ५ सय रुपैयाँ तोकिएकोमा सरकारले पछिल्लो समय ४ हजारमा परीक्षण गर्ने व्यवस्था मिलाएको थियो ।