१ कार्तिक २०८३, शनिबार

पाकिस्तानी राजदूतले गरे गृहमन्त्री थापासँग विदाइ भेट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ भदौ । गृहमन्त्री रामबहादुर थापा (बादल) सँग नेपालका लागि पाकिस्तानका राजदूत मझर जावेदले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयले बताएको छ । नेपालमा आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका राजदूत जावेदसँगको विदाई भेटमा गृहमन्त्री थापाले जावेदलाई कार्यकाल सफल रुपमा सम्पन्न गरेको भन्दै शुभकामना व्यक्त गरे । नेपाल पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन भूमिका खेलेकामा उनलाई गृहमन्त्री थापाले धन्यवाद व्यक्त गरे ।

भेटमा गृहमन्त्री थापाले नेपाल र पाकिस्नाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

सो अवसरमा राजदूत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाई सुखद रहेको बताए । नेपाल र नेपालीबाट आफूले राम्रो सहयोग र न्यानो माया पाएको पनि उनले बताए । आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको धारणा राजदूत जावेदले व्यक्त गरेका छन् ।

राजदूत जावेदले यो क्षेत्रको विकासका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउन आवश्यक रहेको भन्दै यसका लागि नेपालले समेत भूमिका बढाउनुपर्ने पनि बताएका छन् ।