१ कार्तिक २०८३, शनिबार

बाह्रबीसे पहिरो : ११ जनाको शव भेटियो, २० जना अझै बेपत्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, २८ भदौ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–७ मा आइतबार बिहान खसेको पहिरोमा परी बेपत्ता भएकामध्ये ११ जनाको शव भेटिएको छ ।

२ वटा बस्ती नै बगाएको उक्त पहिरोमा परी अझै २० जना बेपत्ता छन् । पहिरोले भीरखर्कका १० र नागपुजे गाउँका ७ वटा घर पुरिएका छन् ।

उक्त पहिरोमा परी ज्यान गुमाउनेमा नागपुजेका ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया टासी शेर्पा, भीरखर्कका २३ वर्षीया जुनु विक, २४ वर्षीय सुकलाल विक, ८ वर्षीय सन्देश विक र नेवार टोलका ६० वर्षीया सर्किनी नेवार, ६५ वर्षीय धनलाल विक छ ।

यस्तै नागपुजेकी ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षीया ज्ञानीमाया प्रधान, २५ वर्षीय कर्णबहादुर श्रेष्ठ र ५ वर्षीया सरसस्वती विकले पनि सोही पहिरोमा परी ज्यान गुमाएका छन् ।

नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी तथा स्थानीयहरुले बेपत्ता २० जनाको खोजी गरिरहेको छ ।