१ कार्तिक २०८३, शनिबार

लमजुङमा थपिए १६ जना सैनिकसहित २७ जना नयाँ संक्रमित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २८ भदौ । आइतबार लमजुङमा थप २७ जना कोरोना संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये १६ जना नेपाली सेनाका जवानहरु छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएकामध्ये १६ जना नेपाली सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु सबै सैनिक सुन्दरबजार नगरपालिका–९, सिउँडीबारस्थित नेपाली सेनाको कृषि तथा व्यावसायिक तालिम केन्द्रमा कार्यरत हुन् ।

यसअघि भदौ ६ गते पीसीआर परीक्षणका क्रममा उक्त तालिम केन्द्रका २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये ६ जना कोरोना संक्रमण निको भएर फर्किसकेका छन् ।

उक्त तालिम केन्द्रमा कार्यरत करिब ६० जनालाई पहिलो चरणमा ३० जना र पछिल्लो चरणमा ३० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । कोरोना परीक्षण गरिएकामध्ये ३७ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालयले लमजुङमा हालसम्म ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ । यसमा १३९ जना निको भइसकेका छन् ।

कोरोना संक्रमितहरुलाई बेंशीसहरको सहजीस्थित शहरी विकास कार्यालयको आइसोलेसन, लमजुङ जिल्ला सामुदायिक अस्पताल, सुन्दरबजारको नमूना सामुदायिक अस्पताल र कृषि क्याम्पसको आइसोलेसनमा राखिएको छ ।