१ कार्तिक २०८३, शनिबार

कुटपिट गरी ससुराले गरे ज्वाइँको हत्या

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २८ भदौ । बाँकेमा आफ्नै सुसुराले कुटपिट गरी ज्वाइँको हत्या गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–१७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको कुटपिटबाट हत्या भएको हो । हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका–२० नटनपुरुवाका नरेश चमारलगायत ५ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएएर हत्या गरेको प्रहरीले बताएको छ । कुटपिट तथा सो फल सेवनबाट गम्भीर घाइते भएका रैदासको नर्सिंङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।