
काठमाडौं, २८ भदौ । अवैध लागूऔषधसहित विभिन्न ठाउँबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको टोखा नगरपालिका–९ शिवमन्दिरस्थित पशुपति गेष्ट हाउसको कम्पाउण्डबाट करिब १ केजी लागूऔषध चरेस जस्तो देखिने पोल्यानसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ थाक्रे गाउँपालिका–३ का ४२ वर्षीय सानुकान्छा तामाङ र थाक्रे गाउँपालिका–२ का २३ वर्षीया दिलकुमारी तामाङ छ ।
यसैगरी काठमाडौं महानगरपालिका–१५ स्वयम्भू आनन्दकुटी बिहारस्थित सडकबाट करिब १० केजी लागूऔषध गाँजासहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चन्द्रागिरि नगरपालिका–१३ पुरानो नैकापका २२ वर्षीय सुवर्ण पौडेल र धादिङ थाक्रे गाउँपालिका–५ का २७ वर्षीय सागर लामा छन् ।
यस्तै झापाको माङसेबुङ गाउँपालिका–६ का २६ वर्षीय अर्पण राईलाई ४ केजी २५ ग्राम लागूऔषध गाँजासहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ भने झापाकै बिर्तामोड नगरपालिका–१ अदुवा पुलबाट पनि १४ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने मिसाइएको पदार्थसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय सन्दिप धिमाल, आकाश राई र आशिष राई छन् ।
यस्तै झापाकै मेचीनगर नगरपालिका–१३ स्थित ईलाम रोडबाट ८.५ ग्राम ब्राउनसुगर जस्तो देखिने मिसाईलो पदार्थसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उक्त नगरपालिका–१२ का २३ वर्षीय राजन श्रेष्ठ र सोही नगरपालिका–१० का १८ वर्षीय किशोर छन् ।
त्यसैगरी सर्लाहीको पर्सा गाउँपालिका–५ चिरान मिलस्थित सुकनाहाबाट करिब २२५ किलो लागूऔषध गाँजा शनिबार साँझ प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी पर्साबाट गस्तीमा गएको प्रहरीलाई देखेर पर्सातर्फ आउँदै गरेको ना ४ ख ७७४८ नम्बरको ट्रकका चालक ट्रक छाडी भागेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकमा कालो प्लाष्टिकमा बेरिएको उक्त लागूऔषध फेला पारी बरामद गरेको हो । फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ ।















प्रतिक्रिया