
काठमाडौं, २८ भदौ । आइतबार सुन तथा चाँदीको मूल्य स्थिर रहेको छ ।
शुक्रबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । यस्तै शुक्रबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुन पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य पनि आइतबार प्रतितोला १ हजार ३१० रुपैयाँ खरिदबिक्रीकालागि निर्धारण गरिएको छ ।















प्रतिक्रिया