बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

समस्याहरूलाई राष्ट्रिय मूलधारमा ल्याएर समाधान गराैँ: पूर्वराष्ट्रपति डा.यादव

दैनिक नेपाल २०७७ भदौ २८ गते ८:२४

विजय थापा

डिसी । नेपालका पूर्वराष्ट्रपति डा.रामवरण यादवले मधेस, महिला र जनजाती लगायतका समस्यालाई राष्ट्रिय मूलधारमा नल्याई समस्या समाधान नहुने बताएका छन् ।

उनले अमेरिकामा स्थापित युएस – नेपाल पोलिसी रिसर्च सेन्टरको पाचौँ सम्मेलनमा बोल्ने क्रममा उक्त कुरा राखेका हुन् ।

युएसपीआरसीको सम्मेलन संचालन भै रहेको छ । वक्ताहरूले क्रमशः आफ्नो धारणा राख्दै कार्यपत्र समेत प्रस्तुत गरिरहेका छन् ।

कार्यक्रममा प्रथम राष्ट्रपति डा.यादव प्रमुख अतिथिको रुपमा रहेका छन् । उनले दलहरूलाई ज्यादा जिम्मेवारी बोध गराउनु पर्ने बताए ।

उनले सु-शासनका कुरा पनि गरेकाे भन्दै निर्वाचन प्रणाली निष्पक्ष हुनैपर्ने बताएका छन् । निर्वाचन प्रणाली निष्पक्ष नभएमा भ्रष्टचार जस्ता समस्या समाधान नहुने उनले बताए ।

उनले यस्ता छलफल तथा अन्तरक्रियाले नेपालको प्रजातान्त्रिक प्रणालीलाई सुधार गर्न सक्ने बताए ।

जगदम्बा अधिकारीले स्वागत मन्तब्य राखेकी थिइन् । संस्थाका अध्यक्ष डा.राजन पन्तले सभाको सभापतित्व गरेका थिए ।

युएस – नेपाल पोलिसी रिसर्च सेन्टरका कार्यकारी सचिव तथा रसायन शास्त्रका प्राध्यापक डा.सुमन पराजुलीसंग पाचौँ वार्षिक सम्मेलनबारेमा चर्चा गरेका थिए ।

युएस – नेपाल पोलिसी रिसर्च सेन्टरको पाचौँ सम्मेलन भर्चुअल रुपमा जुममार्फत संचालन भै रहेको छ । सूचना प्रविधिका प्राविधिक सहयोगी ददिराम ढुंगानाले प्राविधिक पक्ष हेरी रहेका छन् । पत्रकार भगिरथ योगीले कार्यक्रम संचालन गरेका छन् ।

पाचौँ सम्मेलनको मुख्य नारा नेपालको निर्वाचन प्रणालीमा सुधार र राजनीतिक दलहरूमा संकट बारेका केन्द्रित रहेको छ ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्ने र टिप्पणी गर्नेहरूमा क्रमशः पूर्व प्रमुख निर्वाचन आयुक्त तथा पूर्व राजदूत भोजराज पोख्रेल, प्रा कृष्ण खनाल, केदार भक्त माथेमा, युवराज घिमिरे, मोहना अन्सारी तथा डा.सुरेन्द्रराज देवकोटा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित