७ कार्तिक २०८३, शनिबार

२४ घण्टामा थपिए १४ सय ५४ जनामा कोरोना पुष्टि, संक्रमित करिब ५२ हजार

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ भदौ । नेपालमा थप १ हजार ४ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ९ सय ७२ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ३६ हजार ६ सय ७२ नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ३ सय २२ जना पुगेको छ ।