
काठमाडौँ, २६ भदौ । तनहुँमा थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ५ जना सशस्त्र प्रहरी रेहको जनाइएको छ ।
भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी बल गणका ५ जना प्रहरीसहित आँबुखैरेनी गाउँपालिका, भिमाद नगरपालिका र शुक्लागण्डकी नगरपालिकाका स्थानीयमा भाइरस पुष्टि भएको जनाइएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भानुस्थित सशस्त्र प्रहरी बलका ३२, ३२, ३१, ३२ र ३१ वर्षीय प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, भानुकै ४५ वर्षीय पुरुष, २७ वर्षीया महिला, शुक्लागण्डकीकी ५९ वर्षीय पुरुष, आँबुखैरेनीका ५१ वर्षीय पुरुष र भिमादको २० वर्षीया महिलालाई कोरोना भाइरस पुष्टि भएको छ ।















प्रतिक्रिया