७ कार्तिक २०८३, शनिबार

प्रदेश १ सामाजिक विकास मन्त्रीको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ भदौ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजेटिभ देखिएको छ ।

पहिलोपटक कोरोना देखिएको १५ दिनपछि उनको दोस्रो रिपोर्ट पोजेटिभ देखिएको हो ।

घिमिरेले बिहीबार पुनः परीक्षणका लागि स्वाब दिएका थिए । मन्त्री घिमिरेको रिपोर्ट शुक्रबार बिहान पुनः पोजिटिभ आएको प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । उनको स्वास्थ्य सामान्य बन्दै गए पनि रिपोर्ट भने पोजेटिभ आएको बताइएको छ ।