शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

खाडीका नेपालीहरूको निःशुल्क उद्धार गर्न समाजकाे माग

दैनिक नेपाल २०७७ भदौ २६ गते १०:१०

साउदी । नेपाली मजदुर एकता समाजले कोरोनाको प्रत्यक्ष मारमा मुख्यत खाडी मुलुक युएई, साउदी अरेबिया, मलेसिया, कतार लगायतका विभिन्न देशमा श्रमिकको रूपमा कार्यरत नेपालीहरू दाजुभाइ दिदीबहिनीहरू परेको जनाएको छ ।

समाजले विज्ञप्ति जारी गरेर तत्कालीन अवस्थादेखि रोजगार गुमाएका भिसा अवधि सकिएका तथा स्वास्थमा समस्या सिर्जना हुन पुगी अस्वस्थ भएका लगायत विभिन्न कारण स्वदेश फर्किन नपाएको भन्दै उद्धारका लागि अपील गरेको छ ।

यूएई तथा साउदीमा स्वदेश फर्काउन माग गर्दै नाराबाजी समेत गरेको घटनाहरू पनि सार्वजनिक हुँदै आएको समाजले जनाएको छ ।

उनीहरूलाई समयमै वैकल्पिक व्यवस्था गरि नेपाल सरकारले स्वदेश फर्काउन नसक्नु दुःखद पक्ष भएको समाजले जनाएको छ ।

‘नेपाल सरकारले व्यवस्था गरेको चार्टर फ्लाइटमा स्वदेशबाट ऋण खोजेर समेत स्वदेश फर्किन सक्नेसम्मका श्रमिकहरू स्वदेश फर्किए पनि स्वदेशबाट आर्थिक मगाएर टिकट काट्न नसक्ने युएईको फ्लेक्स कम्पनीका १७ जना जस्तै हजारौं श्रमिक अहिलेसम्म पनि विदेशी गल्लीमा भोकै तिर्खै छट्पटी रहनुको पीडा शब्दमा अभिव्यक्त गर्न नै सकिन्न’, विज्ञप्तिमा भनिएको छ ।

‘यस्तो गम्भीर संवेदनशील अवस्था सिर्जना भएको हुँदा प्रवासमा अलपत्र नेपालीहरू निःशुल्क उद्वार गरिनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

‘विभिन्न देशमा त्यहाँको सरकारले निर्धारण गरेको ओभरस्टे फाइन नेपाल सरकारद्वारा कुटनैतिक पहल गरि मिनाहा गर्ने व्यवस्था मिलाइयोस साथै पछिल्लो चरण व्यवसायिक फ्लाइटमार्फत तय गरिएको हवाइ भाडादर अत्यन्तै महँगो भएको कारण उचित भाडादर कायम गरियोस्’, समाजले भनेको छ ।

अलपत्र श्रमिकहरूलाई उनीहरूको वास्तविक अवस्थाको पहिचान गरि जतिसक्दो चाडै निःशुल्क स्वदेश फर्काउन समाजले माग गरेको छ ।

बाध्यतावस क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था भएको खण्डमा नेपाल सरकारले राज्यकोष अथवा अन्य कुनै वैकल्पिक श्रोतहरूको खोजी गरि अलपत्र श्रमिकलाई सहज रूपमा जतिसक्दो चाडै स्वदेश फर्किने वातावरण बनाउन समेत समाजले माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित