बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

तलाउको पानी गुलाबी बनेपछि स्थानीयहरू दंग

दैनिक नेपाल २०७७ भदौ २६ गते ६:३०

नयाँदिल्ली । भारतको महाराष्ट्रस्थित एउटा तलाउको पानी अचानक गुलाबी रंगमा बदलिएपछि स्थानीयहरू दंग परेका छन् ।

मुम्बइबाट ३ सय माइल पूर्वतिर पर्ने ‘लोनार लेक’अचानक गुलाबी रंगमा बदलिएको हो । जुन लेक ५० हजार वर्ष पुरानो भएको बताइन्छ । पछिल्लो केही सातादेखि यहाँ रंग बदलिन थालेको स्थानीय बताउँछन् ।

हरियो रंगमा रहेको उक्त तलाउको पानी पछिल्लो समय अचानक गुलाबी बनेको हो । साथै सुख्खा मौसमका कारण ताल पनि सुक्दै गएको देखिन्छ ।

यो पुरानो र पर्यटकीय रुपमा आकर्षक तालको यस्तो अवस्थापछि वैज्ञानिकहरु पनि अचम्भित भएका छन् । उनीहरुले यसबारे अनुसन्धान गर्न थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित