
काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा आयुर्वेद चिकित्सकको भूमिका विषयमा छलफल गरेका छन् ।
बिहीबार बालुवाटारमा प्राचीन कालदेखि रहँदै आएको आयुर्वेद चिकित्साको विषयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित प्रधानमन्त्री ओलीले विज्ञहरुसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकारका अनुसार प्रधानमन्त्री ओलीले आयुर्वेदले निरोगी नेपाल निर्माणमा भूमिका खेल्न सक्ने बताए ।
प्रधानमन्त्री ओलीले आयुर्वेदमै योग पनि समेटिएको बताउँदै उनले भने, ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुवै हो ।’
प्रधानमन्त्रीले आयुर्वेदमा पनि आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरण मिसाउनुपर्नेमा जोड दिए । उनले निरोगी नेपालमा निर्माणमा आयुर्वेदको भूमिका व्यापक बनाउन सरकार दृढ रहेको पनि जोड दिए ।
छलफलमा सहभागी अर्का अध्यक्ष प्रचण्डले आयुर्वेदको भूमिकाले थप घच्घच्याएको बताएका थिए । उनीहरुले विज्ञहरुसँग करिब ३ घण्टा परामर्श गरेका थिए ।















प्रतिक्रिया