
काठमाडौँ, २५ भदौ । उपत्यकामा आइतबारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण खुला भएको छ ।
प्रदेश सरकार अन्तर्गतको यातायात व्यवस्था कार्यालयले लाइसेन्सको नवीकरण खुलाउने जनाएको छ ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै आइतबारदेखि नवीकरणसम्बन्धी सेवा सूचारु गर्ने जनाएको छ ।
यद्यपि नयाँ लाइसेन्सका प्रक्रियाका लागि भने अर्काे सूचना नभएसम्मका लागि बन्दै रहने कार्यालयले जनाएको छ ।
नयाँ लाइसेन्ससम्बन्धी प्रक्रिया लकडाउनदेखि नै बन्द रहेकोमा नवीकरण पनि कोरोना संक्रमित तीव्र बढेपछि भदौ १ गतेदेखि बन्द थियो ।
भीडभाड धेरै हुने भन्दै लाइसेन्सका लागि परीक्षा सञ्चालन गरिएको छैन ।















प्रतिक्रिया