
काठमाडौँ, २५ भदौ । प्रदेश २ मा बिहीबार थप १ सय २६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरुमा धनुषामा २२ जना, सिरहामा २१ ज्ना, बारामा १५, पर्सामा ९, सर्लाहीमा ४२, रौतहटमा २ र सप्तरीमा १५ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या ११ हजार ६ सय ६५ पुगेको मन्त्रालयले जनाएको छ ।
जसमध्ये ६ हजार २ सय ४७ जना उपचारपछि निको भएको छ भने १ सय ७ जनाको मृत्यु भएको छ ।
त्यस्तै, बिहीबार धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशमा थप ३ सय ६ जना निको भएका छन् ।















प्रतिक्रिया