३ कार्तिक २०८३, मंगलबार

सुशान्तसिंह प्रकरणमा पूर्वप्रेमिका पक्राउ

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । सुशान्तसिंह राजपूत प्रकरणमा मुछिएकी रिया चक्रवर्ती पक्राउ परेकी छिन् । लागू औषध प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले रियालाई पक्राउ गरेको हो । रिया सुशान्तसिंहकी पूर्वप्रेमिका हुन् ।

रियासँग तीन पटकसम्म सोधपुछ गरिएको थियो । सोधपुछका क्रममा उनले आफू पनि ड्रग्स प्रयोग गर्दै आएको बयान दिएकी थिइन् । बयानका आधारमा रियालाई पक्राउ गरिएको छ ।

पक्राउ परेकी रियाको कोभिड–१९ परीक्षण गरिनेछ । एनसिबीले ड्रग्स प्रयोग गर्ने २५ बलिउडकर्मीको लिस्ट तयार पारेको छ । यसअघि उनका भाइ शौविकलाई पनि एनसिबीले पक्राउ गरेको थियो ।

उनले रियालाई ड्रग्स किनेर दिने गरेको बयान दिएका थिए । सोही आधारमा एनसिबीले रियामाथि अनुसन्धान थालेको थियो । एनसिबीले सुशान्तका पूर्व सहयोगसहित ७ जनालाई समेत पक्राउ गरेको छ ।

सुशान्तले १४ जुनमा झुण्डिएर ज्यान दिएका थिए । सुशान्तले ड्रग्स प्रयोग गरेका कारण ज्यान दिएको हुन सक्नेभन्दै एनसिबीले छानबिन थालेको थियो ।

सुशान्त प्रकरण सिआइबीले अनुसन्धान गरिरहेको छ । सुशान्तका दुई बहिनीविरुद्ध पनि एफआइआर दायर भएको छ । ज्यान दिनका लागि उक्साएको आरोप उनीहरूमाथि लागेको छ ।