काठमाडौं, २५ भदाै । कुजु नेपालले इन्डोनेसियामा उत्पादन हुँदै आएका डिएसएफके ब्राण्डको उत्पादन नेपालमा बिक्री सुरु गरेको एक वर्ष पूरा भएको छ ।
कम्पनीले यसअघि डिएफएसके ग्लोरी ५८० बिक्री गर्दै आएकोमा अब भने ग्लोरी ५६० को पनि बिक्री सुरु गर्न लागेको हो ।
कम्पनीले विगत एक वर्षमा ग्राहकले दिएको मायाबाट लोभिएकाे जनाएकाे छ । यसले अझै नयाँ नयाँ मोडलका एसयूभी नेपाल ल्याउन प्रेरित गरेको विज्ञप्तिमा उल्लेख छ ।
काेराेनाका कारण केही ढिला बिक्री सुरु हुन लागेको ग्लोरी ५६० नयाँ वर्षको अवशरमा बिक्री सुरु गर्ने लक्ष्य रहेको थियो ।















प्रतिक्रिया