
काठमाडौँ, २४ भदौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वास्थ्य सामाग्री खरित प्रक्रियामा रक्षा मन्त्रालयसँग कुनै विवाद नरहेको बताएका छन् ।
उनले स्वास्थ्य सामग्री खरीदको विषयलाई लिएर रक्षा मन्त्रालय र जंगी अड्डावीच कुनै द्विविधा नरहेको स्पष्ट पारेका हुन् ।
आफ्नो कार्यकालको २ वर्ष पुगेको अवसरमा बोल्दे थापाले नेपाली सेना र रक्षा मन्त्रालयबीच आपसमा समन्वय भइरहेको बताएका हुन् ।
थापाका अुनसार स्वास्थ्य सामग्री खरीद स्वास्थ्य मन्त्रालयको म्यान्डेटअनुसार गरिएको हो । थापाले त्यसका लागि अहोरात्र खटिने जर्नेलहरु र मन्त्रालयका कर्मचारीलाई निरुत्साहित गर्न नहुने गुनासोसमेत गरे ।
थापाले भने, ‘उहाँहरुले मेहनतपूर्ण ढंगले काम गर्नुभयो, त्यसको प्रशंशा गर्नुपर्छ । उहाँहरुको कामलाई अवमूल्यन गरियो भने भविष्यमा यस्ता काम गर्दा दुईचोटि सोच्नुपर्ने हुन्छ ।’
यसैबीच थापाले संकटकाल घोषणा भएको अवस्थामा मात्रै सेना परिचालन हुने स्पष्ट पारेका छन् ।
उनको कार्यकालको ३ वर्ष लागेको अवसरमा वुधबार जंगीअड्डामा प्रधानसेनापति थापाले सञ्चारकर्मीहरुसँग परामर्श गर्दै संकटकाल घोषणा नभएको अवस्थामा सेना परिचालन नहुने संकेत गरेका हुन् ।
विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले भने, ‘सेना इमर्जेन्सीमा मात्रै परिचालन गरिनुपर्दछ। यदि राष्ट्रलाई साँच्चै इमर्जेन्सी हो भन्ने लाग्छ भने त्यो अवस्थामा नेपाली सेना प्रयोग हुन सक्छ । अरु अवस्थामा नेपाली सेना सहयोगी भूमिकामा नै बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो ।’
नागरिकको उच्च सर्वाेच्चतालाई कदर गर्दै आएको नेपाली सेनाले सरकारको आदेश पालना गर्ने थापाले बताए ।
थापाले २०७५ साल भदौ २४ गतेदेखि प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका हुन् । थापाले आफ्नो २ वर्षे कार्यकाल पूर्ण सफल भएको बताउँदै अबको समय सेनाको सदृढिकरणमा लगाउने बताए ।















प्रतिक्रिया