
-टेकराज भण्डारी
अछाम, २४ भदौ । अछाममा कांग्रेसका सांसद र कांग्रेसबाटै निर्वाचित नगर उपप्रमुखको वडाबाट कांग्रेस जिल्ला समितिका आमन्त्रित सदस्य सहित २५ जना नेता कार्यकर्ता नेकपा प्रवेश गरेका छन् ।
जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थानका नेपाली कांग्रेसबाट २०४८ र २०५६ मा निर्वाचित र हाल समानुपातिक सांसद राम बहादुर बिष्ट र कांग्रेस महासमिति सदस्य समेत रहनु भएकी नगर उपप्रमुख अम्बिका चलाउनेको वडाबाट नेपाली कांग्रेस परित्याग गरेर २५ जना नेकपा प्रवेश गरेका हुन् । एक कार्यक्रमका वीच २५ जना काङ्ग्रेसका सक्रिय कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस अछामका आमन्त्रित जिल्ला कार्यसमिति सदस्य दिपक बोगटी सहित २५ जना क्रियाशिल सदस्यहरु नेकपामा प्रवेश गरेका नेकपा अछामका कार्यालय सचिव नमराज न्यौपानेले बताए ।
नेकपाका नगर इन्चार्ज राम बहादुर विकले नव प्रवेशीलाई टीका र खादा ओढाइ स्वागत गरेका थिए । नगर इन्चार्ज राम बिकले नेपाली काङ्ग्रेसले जनताको अपेक्षा अनुसार काम गर्न नसक्ने ठोकुवा गरे ।
कांग्रेसकै नेताहरुले खानेपानी, विद्युत कुलो लगायत विकासका संरचनाहरु भत्काएर जनतालाई प्रत्यक्ष असर पुगेकोले अब नेकपाको बिकल्प नभएको उनले बताएका छन् ।
नगरपालिका सरकारको नेतृत्व समेत गरिरहेको कांग्रेसले जनताको सेवा गर्न सकेन, विकास निर्माण भन्दा पनि व्यक्तिमुखी भएकोले अब नगरबासीलाई सचेत रहन आग्रह गरेका छन् ।
नेकपा जिल्ला सचिवालय सदस्य भिम बिष्ट, सचिवालय सदस्य योगेन्द्र बिष्ट, नगर कमिटी अध्यक्ष नितेश रिमालले नव प्रबेशीहरुलाई शुभकामना एंवम् स्वागत गरेका थिए ।
नव प्रवेशीहरूले कांग्रेसबाट देश र जनताका पक्षमा कहिल्यै काम हुन नसक्ने निष्कर्ष सहित आफूहरूले कांग्रेस परित्याग गरेको बताएका छन् ।
कांग्रेस परित्याग गरेर नेकपा प्रवेश गर्नेहरूमा नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि कर्ण बिष्ट, काङ्ग्रेस जिल्ला कार्यसमिती सदस्य बोगटी सहित २५ जना रहेको नेकपा नगर अध्यक्ष नितेश कुमार रिमालले बताएका छन् ।















प्रतिक्रिया