७ कार्तिक २०८३, शनिबार

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो, के खुल्यो, के खुलेन ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएको छ ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको मोडालिटी परिवर्तन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारीहरुले तयार पारेको नयाँ मोडालिटी गृहमन्त्रालयबाट स्वीकृत भएको छ ।

नयाँ मोडालिटी अनुसार निजी सवारीलाई जोर विजोर चल्न दिने, दैनिक उपभोग्य समानका पसल पनि समय तोकेर सञ्चालन गर्ने तथा निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने गरी निषेधाज्ञाको नयाँ मोडल प्रस्ताव गरिएको हो ।

तर होटल रेष्टरेन्ट, सिनेमा हल, क्लब तथा अन्य मनोरञ्जन स्थल भने बन्दै रहने छन् ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने कामग गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन ।

कोरोनाभाइरस संक्रमितको संख्या बढेपछि भदौ २ गतेदेखि उपत्यकामा निषेधाज्ञा गरिएको थियो ।