
काठमाडौँ, २४ भदौ । नेपालमा गत २४ घण्टामा थप ९ सय १८ जनाले कोरोना जितेका छन् ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ सय १८ जना निको भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या ३३ हजार ८ सय ८२ नाघेको छ ।
वुधबार देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ ।
हाल देशभर १५ हजार २५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ३ सय १२ जना पुगेको छ ।















प्रतिक्रिया