
काठमाडौँ, २४ भदौ । काठमाडौँ उपत्यकामा थप ४ सय ६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ सय ९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ गरी उपत्यकामा ४ सय ६४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै काठमाडौँमा संक्रमितको संख्या ७ हजार ६ सय ११ पुगेको छ भने ललितपुरमा १ हजार ११ र भक्तपुरमा ८ सय १८ जना पुगेका छन् ।
उपत्यकामा मंगलबार ३ सय ९६ जनामा संक्रमण देखिएको थियो ।
देशभर वुधबार थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ३ सय १२ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया