
काठमाडौँ, २४ भदौ । नेपालमा थप १ हजार ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
वुधबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या ४९ हजार २ सय १९ जना पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ९ सय १८ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ३३ हजार ८ सय ८२ नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ३ सय १२ जना पुगेको छ ।















प्रतिक्रिया