
काठमाडौँ, २४ भदौ । पश्चिम नवलपरासीमा एकै दिन थप ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जसमध्ये ७ जना प्रहरी रहेका छन् । वुधबार थपिएका संक्रमितहरुमा सबैभन्दा बढी सुनवल नगरपालिकामा रहेका छन् । त्यहाँ ४ वर्षीय बालकसहित २७ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
संक्रमितहरुमा जिल्लास्तरीय नेता तथा वडाध्यक्षलगायत रहेका जनाइएको छ ।
त्यस्तै, पाल्हीनन्दन गाउँपालिकामा ११ र रामग्राम नगरपालिकामा २ गरी १३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ३ सय १२ जना पुगेको छ भने ५ सय ४९ को रिपोर्ट आउन बाँकी रहेको छ । अहिलेसम्म जिल्लामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया