३ कार्तिक २०८३, मंगलबार

‘प्रेम गीत ३’का निर्देशक गुरुङको निधन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन भएको छ ।

मंगलबार राति मेट्रो हस्पिटल महाराजगंजमा उनको निधन भएको हो ।

लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए । उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए । सन्तोषका अनुसार बिहीबार छेतनको अन्तेष्टि गरिने छ ।

‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र लेखेका छेतनले ‘डम्बरुको डन्डिबियो’बाट निर्देशन शुरू गरेका थिए ।