७ कार्तिक २०८३, शनिबार

कोरोनासँगै बाँच्नुको विकल्प छैन : उपप्रधानमन्त्री पोखरेल

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँगै बाँच्नुको विकल्प नभएको बताएका छन् ।

पोखरेलले कोरोनासँग ‘लिभिङ टुगेदर’ मा बस्नुको विकल्प नभएको बताएका हुन् ।

उनले जनस्वास्थ्यको मापदण्ड पालना गरेर कोरोनासँगै बाँच्नुपर्ने बताए । उपत्यकाका प्रतिनिधिसभा सांसदहरुको ध्यानाकर्षण पत्र बुझ्ने क्रममा उपप्रधानमन्त्री पोखरेलले भने अहिले प्रचलनमा एउटा शब्द छ, लिभिङ टुगेदर । कोरोना माहामारीसँग पनि होस पु¥याएर जुध्दै अस्तित्व कायम राख्नु बुद्धिमानी हुन्छ । अरु उपायतिर जान उचित हुँदैन ।’

लकडाउन खुलेसँगै काठमाडौँ कोरोना संक्रमणको हब बनेको बताउँदै सरकारले आइसोलेसन बेड बनाउँदै अघि बढेको बताए ।

ज्ञापन पत्र बुझाउन गएका सांसदहरुले सर्वसाधारणको पनि सरकारले कोरोना बीमा गरिदिनुपर्ने विचार व्यक्त गरेका थिए ।

त्यस्तै, सांसदहरुले जनता रोगभन्दा भोकले मरेको भनेर उपप्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराएका थिए ।