
काठमाडौँ, २३ भदौ । बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका १६ की ८० वर्षीया महिला रहेकी छन् ।
उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।
मृत्युपछि गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । सोमबार स्वाब लिइएको उनको मंगलबार रिपोर्ट आएको हो । मृतक लामो समयदेखि मधुमेह र उच्च रक्तचापको बिरामी रहेकी थिइन् ।
भदौ २१ गते अस्पताल भर्ना भएकी उनको दुवैतिरको फोक्सोमा निमोनिया रहेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ । यससँगै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ जना पुगेको छ ।















प्रतिक्रिया