७ कार्तिक २०८३, शनिबार

कांग्रेस महामन्त्री शशांक कोइरालामा कोरोना पुष्टि

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मंगलबार गरिएको पीसीआर परीक्षण रिपोर्टमा कोइरालाको कोरोना पोजिटिभ देखिएको हो ।

ईपिडिमियोलोजी तथा सरुवा रोग महाशाखा (ईडीसीडी) स्रोतले अनुसार कोइरालामा कोरोना देखिएको पुष्टि गरेको हो ।

स्वकीय सचिव भरत तिवारीका अनुसार उनलाई सोमबार अचानक ज्वरो आएको थियो ।

कोइराला घरमै आइसोलेसनमा बस्ने तिवारीले जनाए ।

सामाजिक सञ्जालमार्फत कोइरालाले आफूमा कोरोना पुष्टि भएको जानकारी दिएका छन् । उनले आफूमा केही समस्या नदेखिएको र आफू घरमै आइसोलेसनमा बस्ने जानकारी दिएका छन् । आफूसँग सम्पर्कमा आएकाहरुलाई आवश्यक सजगता अपनाउन पनि उनले अनुरोध गरेका छन् ।

पछिल्लो समय कोइराला आफ्ना दर्जनौँ नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्थे । उनीसँग सम्पर्कमा आएका कतिपयको मंगलबार नै स्वाब संकलन गरिएको बताइएको छ ।