
काठमाडौँ, २३ भदौ । नेपालमा गत २४ घण्टामा थप २ हजार २ सय ८७ जनाले कोरोना जितेका छन् ।
योसहित निको हुनेको संख्या ३२ हजार ९ सय ६४ नाघेको छ ।
मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ८७ जना निको भएर डिस्चार्ज भएको जानकारी दिए ।
यो हालसम्मकै एकै दिनमा निको हुनेमा सर्वाधिक संख्या हो ।
मंगलबार थप ९ सय २ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ३ सय ६ जना पुगेको छ ।















प्रतिक्रिया