७ कार्तिक २०८३, शनिबार

थप ९०२ जनामा कोरोना पुष्टि, मृतकको संख्या ३०६ पुग्यो

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ भदौ । नेपालमा थप ९ सय २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या ४८ हजार १ सय ३८ जना पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ हजार २ सय ८७ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ३२ हजार ९ सय ६४ नाघेको छ ।

हाल देशभर १४ हजार ८ सय ६८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ३ सय ६ जना पुगेको छ ।