२९ आश्विन २०८३, बिहिबार

चुनौती र अवसरको सगरमाथा, रत्नाकारलाई वाल्मिकी बन्ने अवसर दिने कि ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-खेम शर्मा

विश्व अहिले महामारीसँग लडिरहेको छ । सायदै संसारको कुनै पनि देश यो महामारीको असरबाट बचेका छन् । संसार भरीका चिकित्सा क्षेत्रका वैज्ञानिकहरु यो महामारीबाट मानिसलाइ कसरि बचाउने भन्ने मुख्य अनुसन्धानमा छन् ।

महामारीको छ महिना बितिसक्दा पनि उचित उपचार पद्दति नभेटिएकोले कतै मानव अस्तित्वो नै संकटमा त छैन भन्ने प्रश्न पनि अहिले गम्भीर रुपमा उठेको छ। यही बिन्दुमा गम्भीर चुनौती संगै महान अवसर पनि छन् ।

यहि संकटकाबीच नया उपचार पद्दति मात्रै होइन जीवनशैलीकै खोज अनुसन्धान गर्नु विश्व मानव समुदायको लागि अहिलेको मुख्य आवश्यकता हो ।

चिकित्सा विज्ञानका वैज्ञानिकहरु आफ्नो ठाउबाट दिनरात लागिरहेकै छन् तर समाज विज्ञानमा हामीले केही नयाँ खोज अनुसन्धान गर्न सकेनौ भने त्यो आविस्कारले मात्रै मानव अस्तित्व माथिको संकटको अन्त्य गर्दैन । यिनै चुनौती र अवसर क्षितिजमा देखापरेका छन् । मानव मात्रै यस्तो प्राणी हो जसले चुनौतीलाइ नयाँ अवसरमा रुपान्तरण गर्न सक्छ ।

यो समय वास्तवमा समाज विज्ञानमा नयाँ विचार जन्माउने समय हो । नयाँ विचारले नया संस्कार जन्माउँछ । नयाँ संस्कारले सभ्यता र नया सभ्यताले मानव समाजलाई संचालन गर्छ ।

यदि अहिले नयाँ विचार र संस्कार जन्माउन सकिएन भने मानिसको मृत्यलाइ पर सार्ने औषधि त पत्ता लाग्ला तर अहिले भएको मानवीय सभ्यता र संस्कार बच्ने कल्पना पनि गर्न सकिदैन र नवीन मानव सभ्यता र संस्कार निर्माण हुनेमा पनि संकट पैदा हुन्छ ।

हामी इतिहासका घटनाको यात निकै प्रशंसा गर्छौँ या घृणा मात्रै, हामी केपी ओलीको संघर्षमय जेल जीवनदेखि देशभक्तिको चट्टानी अडानको प्रशंसा गर्छौँ तर उनका केही उडन्ते कुराको चर्को आलोचना पनि गर्छौँ ।

यो समय सामाजिक दुरी कायम गर्नैपर्ने तर प्रेम र सद्भावको दुरी घटाउनु पर्ने समय हो । नयाँ संस्कार, सभ्यता वा जीवनशैली यहि भित्र जन्मिन्छ ।

नेपाली समाजको सन्दर्भ

नेपाली समाजको विश्लेषण गर्दा अहिले सर्वाधिक राजनीतिक शक्तिमा रहेका नेताहरु सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधान्मत्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवा आदि हुन् ।

हामी इतिहासका घटनाको यात निकै प्रशंसा गर्छौँ या घृणा मात्रै, हामी केपी ओलीको संघर्षमय जेल जीवनदेखि देशभक्तिको चट्टानी अडानको प्रशंसा गर्छौँ तर उनका केही उडन्ते कुराको चर्को आलोचना पनि गर्छौँ ।

नेपालको जनयुद्दमा १७ हजार नेपालीको निधनको दोष प्रचण्डलाइ मात्रै दिन्छौँ । तर, त्यो जनयुद्दपछि गरिएको वृहत शान्ति सम्झौता र त्यसपछिको राजनीतिक रुपान्तरण बिर्सन्छौँ ।

शेरबहादुर देउबाका पछिल्ला कतिपय राजनीतिक कमजोरीको आलोचना गरिरहदा पंचायत विरुद्दको आन्दोलनमा उनले जिब्रोमा करेन्ट लगाइपाएको कठोर यातना बिर्सन्छौँ ।

नेपाली समाजको सन्दर्भमा यहाँ भन्न खोजिएको कुरा चाहि के हो भने एक पटक वैधानिक र स्वीकार्य भैसकेपछि फेरी फेरी त्यो कुरा अल्झाई रहनु इतिहासको परिघटनालाइ पछाडी धकेल्नु मात्रै हो ।

तर सँगसँगै नेतृत्वले पनि उनको संघर्ष, त्याग समर्पणको गरिमालाइ कायम राख्न सकेको भए पनि उनीहरुको यति ठुलो आलोचना हुँदैनथ्यो र समाजले एकपछि अर्को निराशा भित्र रुमल्लिनु पर्दैनथ्यो ।

सही अवसर र समय आएपछि उतिबेला मुर्ख रत्नाकर डाकु सज्जन बाल्मिकी ऋषि बन्न सक्नेरहेछन् ।

केपी ओलीले केही हलुका कुरा नगरेको भए र आफ्नो टीमका गलत व्यक्तिहरुलाई सिधा कारवाही गर्न सकेको भए । प्रचण्डले हिजोको बलिदान र सहादतको मर्मअनुुसार आफ्ना पाइला चालेको भए र शेर बहादुर देउवा पजेरो काण्ड लगायतमा नलागेको भए सायद यी नेतृत्वविरुद्द जनतामा चरम निराशा पैदा हुँदैनथ्यो ।

को चाहन्छ र आखिर रत्नाकर डाकु रहिरहन ?

कुनै बेलाका मुर्ख रत्नाकर डाकुपछि निकै सज्जन भएका कथा सबैले एकचोटी पढ्यौँ । सही अवसर र समय आएपछि उतिबेला मुर्ख रत्नाकर डाकु सज्जन बाल्मिकी ऋषि बन्न सक्नेरहेछन् ।

म पनि विदेश आएर विगत लगभग डेढ दशक देखि यतै छु चाहेर पनि मातृभूमिको लागि थोरै मात्रै गर्न सकेको छु । मेरो केही कमजोरी पक्कै छ ।

अहिले पनि परिस्थितिले रत्नाकर बनेकाहरु सज्जन बाल्मिकी बन्ने अवसर पो खोजिरहेका छन् कि ? वाल्मिकी भैसकेपछि फेरी उनलाई हिजोका रत्नाकर डाकु भनेर इतिहासमा आरोपित गरिरहनु वाल्मिकी जन्मने प्रक्रियालाई बन्ध्याकरण गर्नु पो हो कि ।

यसले समाजलाई अगाडी बढाउने होइन कि पछाडी धकेल्ने कुरा हुन्छ । अब यो कुराको अन्त्य हामिले नै अहिले गर्नुपर्छ । किनकि हाम्रो पुस्ताले ढुंगे युगदेखि चरम विकासको आधुनिक युगसम्मको सबै परिस्थिति भोगिसकेको छ ।

हामि सबैले आआफ्नो ठाउँमा केही गल्ति गरेका हुन सक्छौँ । म पनि विदेश आएर विगत लगभग डेढ दशक देखि यतै छु चाहेर पनि मातृभूमिको लागि थोरै मात्रै गर्न सकेको छु । मेरो केही कमजोरी पक्कै छ ।

जसको कारणले मैले देशको लागि चाहेर पनि थोरै मात्रै गर्न सकेको छु । भन्ने कुराको मन पखाल्ने वा प्रास्चित गर्ने सुरक्षित ठाउँ मैले नपाएको हुनसक्छ ।

विद्यार्थी स्कूल नगएर कक्षा छोडिरहेका पो छन् की, शिक्षकले समयमा स्कूल गएर पढाएका पो छैनन् कि, कर्मचारीले घुस पो खाएका छन् कि, व्यापारीले नचाहिँदो नाफा पो असुलेका छन् कि, इन्जिनीयरले विधि मिचेर काम पो गरेका छन् कि, डाक्टरहरुले कमिसनको लागि कमसल औषधि पो रिफर गरेका छन् कि, पत्रकारले समाचार विचार प्रवाहमा निष्पक्षता अपनाएका पो छैनन् कि, न्याय मुर्तिहरुले सही न्याय नदिएका पो छ कि र हाम्रा राजनीतिक नेताहरुले सही र देशकेन्द्रित नीति पो निर्माण गरिरहेका छैनन् कि, तर सबैलाई अर्काको र स्वयंम आफ्नो पनि गल्ती कमजोरी भने राम्रोसँग थाहा छ ।

अर्काका थाहा पाइएका गल्ती वा कमजोरीका लागि अड्डा अदालत, दण्ड सजाय वा जेल र सुधार गृहको परिकल्पना छ तर आफैलाई थाहा भएका आफ्ना गल्ती कमजोरीको प्रायास्चित गर्ने सुरक्षित र उपयुक्त थलो कहा छ ? अहिले सम्म यो कुराको सार्थक परिकल्पना गरिएको छैन त्यसैले गल्तिहरु झन् बढेका छन् तर घटेका छैनन् ।

यहाँनेर एउटा संक्षिप्त कथा थपौँ एउटा गाउँमा मन्दिर थियो । त्यहाँ मुख्य पुजाको दिन गाउँभरिका मानिसले दुध चढाउने चलन थियो । एक जना मानिसलाइ चिन्तन आयो आखिर सबैले दुध चढाई हाल्छन् म एक जनाले पानी चढाए पनि केही फरक पर्दैन । त्यो चिन्तन पुजाको दिन सबै जनालाई एकैचोटी आए । परिणाम, मन्दिरमा दुध कुण्ड होइन जल कुण्ड मात्रै भयो । हाम्रो समाजमा पनि त्यही भएको हो की ?

सबैले अरुले राम्रो गरिहाल्छन नि भन्दै हरेकले आफ्नो क्षेत्रमा दुध चढाउनु पर्नेमा पानी चढाएकाले र हरेकले आआफ्ना गल्ती कमजोरीको आत्मसमीक्षा होइन की अर्कोलाइ दोषारोपण मात्रै पो गरेकाले हाम्रो परिवार, समाज र देशको विकास नभएको हो कि ?

अहिले सबैलाई आफ्ना गल्ति, कमजोरी, अपराध वा भ्रष्टाचारको आत्मसमिक्षा वा प्रायास्चित गर्न पक्कै पनि मन छ । किनकि सबैलाई प्रश्नरहित किसिमले खुशी बन्ने चाहना छ ।

सबै खालका बिकारहरुले भरिएको मन र मस्तिस्कलाइ आत्मालोचना मार्फत धोइपखाली गर्ने र खराव नियतले जम्मा गरेका भौतिक बस्तुहरु स्वोघोषणा गर्ने उपयुक्त वैज्ञानिक र मनोवैज्ञानिक विधि चाहिएको छ । किनकि मानिस अन्तत खुशी हुन चाहन्छ, देखाउन नमिल्ने अथाह धन र दुखि मन आफैसँग राखेर अहिलेको मानिस खुशी हुन सकेको छ ।

सबैले असल काम कसैले सुरु गरिदिएको भए । असल नेता अरु भैदिएको भए । कसै न कसैले यो अप्ठ्यारो र बरफको पहाड फोड्ने काम गरिदिएको भए ।

त्यसपछि म पनि लाम लाग्थे भनेर मनमनै सोचिरहेका छन् । तर सबैले यो कुरा मनमै सोच्ने तर आफ्नो स्थानबाट आफ्नो ब्यबहारले सानै भएपनि काम सुरु गर्न भने सकेका छैनन् ।

अर्को हिसाबले यो पनि माथिको कथाको जस्तै सबैले मन्दिरमा दूधको ठाउमा पानी हालिरहे जस्तै हो । कसैले दुध हाल्न सुरु गरेका भए म पनि सुरु गर्थे भन्ने जस्तै भएको पो छ कि ?

यदि समाज, राज्य, परिवार सबैले आफ्ना गल्तीहरुलाई माफी दिन्छ । प्रयाश्चित गर्ने अवसर दिन्छ र भोलिपल्ट देखि कुनै किसिमको भेदभाव हुँदैन भन्ने ग्यारेन्टी विश्वास दिलाउन सकिएको दिनदेखि रामराज्यको सुरुवात हुनसक्छ ।

विधि र प्रविधि के हुनसक्लान ?

यसका लागि छुट्टै नया विधि र प्रविधिको आवश्यकता छैन । छ भने केवल सामाजिक विश्वासको । अहिले सामाजिक विश्वास नै नयाँ विचार हो ।

यदि समाज, राज्य, परिवार सबैले आफ्ना गल्तीहरुलाई माफी दिन्छ । प्रयाश्चित गर्ने अवसर दिन्छ र भोलिपल्ट देखि कुनै किसिमको भेदभाव हुँदैन भन्ने ग्यारेन्टी विश्वास दिलाउन सकिएको दिनदेखि रामराज्यको सुरुवात हुनसक्छ ।

अथवा यसो भनौँ त्यो विश्वास भएमा स्वीस ब्यांकको धन आफै फिर्ता आउँछ । देश विदेशमा भएका आफन्तलाई राख्न दिएका लगायतका अन्डरग्राउण्ड धन होस् वा पानी ट्यांकी र जमिन मुनि गाडिएको धन होस् त्यो स्वोघोषणाद्वारा निस्कन सक्छन् ।

अनि हाम्रो देशको विकास गर्न अन्यत्रै ऋण खोज्नु पर्ला र ? यो पक्का हो कि कोही पनि नेपाली नेपाललाई निकै माया गर्छ । सबै नेपाली देशभक्त पक्का हो ।

कहिले काही भएको गल्तीलाई आफ्नो विरोधीले चकलेट दिँदा बच्चाले आफ्नो बाआमालाइ एकछिनलाई गाली गरेजस्तै मात्रै हो । सबैको त्यो बालसुलभ कमजोरीको आत्मालोचना गर्ने स्थान सुरक्षित् गरिदिनु पर्दछ ।

पूर्व प्राधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पहिलो प्रधानमन्त्री कालमा र पछि पनि आफ्ना पनि राजनीतिक कमजोरीहरु रहेको स्वीकारेका थिए ।

तर अझै पनि उनले ति अरुले भनिदिएका कमजोरीको जवाफमा मात्रै भनेका हुन् तर उनी आफैँले देखेका आफ्ना कमजोरी खुलेर भन्न पाएका छैनन् कि । सायद अरु नेताको हकमा पनि यस्तो होला ।

उदाहरणका लागि यसो गर्न पनि सकिन्छ । आर्थिक भ्रष्टाचारको कुरालाइ नै लिउँ न । हिजो कसले के गर्यो वा गर्न चाहेन त्यो अलग कुरा हो । तर अब केही नयाँ गर्न सकिन्छ । देशको परिस्थिति विश्व परिस्थितिसँगै बदलिरहेको छ ।

हालैको एक तथ्यांकअनुसार देशलाई अहिले केही खर्ब ऋणको भारी बढेको छ । यो अवस्थाबाट पार पाउन सबैभन्दा ठुलो कुरा राज्यले नै नयाँ घोषणा गर्नसक्छ । त्यो हो निश्चित समय तोकेर सबैलाइ आफूले अनुचित रुपमा जम्मा गरेको सम्पति एउटा गोप्य राष्ट्रिय खाता निर्माण गरि त्यसमा जम्मा गर्न खुल्ला आह्वान गर्ने ।

स्वोघोषणा गर्नेको परिचय राज्यले सधैँ नै गोप्य राख्ने र त्यो दिन देखि उसमाथि कुनै पनि कानूनी वा नैतिक प्रश्न नउठाउने ग्यारेन्टी गर्नुपर्छ । त्यो विश्वास दिलाउने वैधानिक र प्राविधिक संरचना निर्माण गर्नुपर्छ ।

यसको “सदाचार महाकोश” नाम राख्न सकिन्छ र त्यसमा जम्मा भएको रकम देश निर्माणको गौरबमय काममा लगानी गर्नुपर्दछ ।

यो अख्तियार वा सम्पति सुद्दिकरण जस्तो होइन की त्यो भन्दा नितान्त नयाँ संरचना र एक पटकका लागि मात्र । त्यो भएमा आफुसँग अनुचित रुपमा जम्मा हुन आएको सम्पति राज्यलाइ बुझाएर भोलि पल्टदेखि उ खुशी कमाउन र सुख संचय गर्न थाल्नेछ । झट्ट हेर्दा यो काल्पनिक र आदर्श कुरा लाग्छ तर यो सम्भव छ ।

यसको “सदाचार महाकोश” नाम राख्न सकिन्छ र त्यसमा जम्मा भएको रकम देश निर्माणको गौरबमय काममा लगानी गर्नुपर्दछ । ताकी हिजोसम्मका गल्ति गर्नेहरु आफुले गल्ति गरेपनि अन्तिममा राज्यले दिएको सच्चिने अवसरमा जम्मा भएको “सदाचारकोष” बाट बनेको गौरबमय आयोजनाको आफुलाई हिस्सेदार ठानेर खुशी बटुलिरहेको हुन्छ ।

नत राज्यले फलानो फलानोबाट खोसिएको रकमबाट बनेको भनिरहनुपर्छ नत जम्मा गर्नेले मैले जम्मा गरेर बनेको भनेर खुलमखुल्ला नै भन्नु पर्छ ।

यदि इतिहासमा दिबंगत भैसकेका केही नेताहरुलाई यो अवसर भएको भए सायद उनीहरु पनि सास जानु अघि नै त्यसो गर्थे र इतिहासले उनीहरुलाई धिक्कारीरहनु पर्दैनथ्यो । उखान जे सुकै भएपनि कसैलाई पनि जिउँदै त के मरिसकेपछि पनि आफ्नो घृणा हुने स्थान राखिरहन मन कसैलाई हुँदैन ।

यस्तो एउटा घोषणा बनोस्

यस्तो घोषणामा सबैको जीत हुनेछ । सदाचार र उच्च नैतिकताको जित हुने । सदाचार र उच्च नैतिकता जाच्ने भौतिक प्राबिधिक संरचना हुनेछन तर ति सबैले अभेद्य गोपनियता कायम राख्नेछन्।

माहामारीले सृजना गरेको अहिलेको परिस्थितिका बीचमा पनि उनीहरुको दिनचर्याको अनुकरण गर्न योग्य छैन । बिहान सुर्योदय नहुँदै उनीहरुका निवासमा भेटघाटको भिड जारी छ । महामारीले ठुलालाई र ठुलालाइ भेट्नेलाई छुदैन जस्तो भान दिँदै त्यो लस्कर बिहानभरि हुन्छ ।

तर यदि त्यो समय सिमा सकिएपछी भने राज्य निर्मम भएर सत्य पत्ता लगाउदै सदाचार “स्वोघोषणा” को अबज्ञा गर्नेलाइ गल्तिको पाच गुणा सजाए गर्ने विधि पनि समानान्तर रुपमा लैजानु पर्छ । अख्तियार वा सम्पति सुद्दिकरण जस्ता सस्थालाई त्यो उचाईमा त्यसपछि उठाउन सकिन्छ र त्यो सर्बस्वीकार्य पनि हुने निश्चित नै छ ।

एकातिर महामारीको त्रास र अर्को तिर आजीवन आरोप, प्रत्यारोप, अपमान, घृणाको पात्र बन्न कसैलाई मन छैन । सबैलाई आरोपको आजीवन ट्याग भिरेर र भिराएर दुखि आत्मा भड्काइ रहने अवस्थाको अन्त्य गर्न अनुशासन, सदाचार, आत्मनिर्भरता र स्वाधिनताको संयुक्त अभियानको थालनी नै मुख्य कुरा हो ।

तर यो सदाचारको बिचार लागु गर्ने चाँही कहाँबाट ? यो प्रश्नको सहि उत्तर हो हरेक परिवारले आफ्ना हरेक सदस्यलाइ आत्मसुद्दिकरणको सभ्यता पनि दिउन र त्यो अवसर जुटाई दिउन जहाबाट एक पूर्ण, संस्कारयुक्त र सदाचारी मानवको निर्माण होस् ।

जब संस्कारयुक्त बालक विद्यार्थीका रुपमा अनुशासित रुपमा स्कूल जान थाल्दछ । जब शिक्षक् समयमै गएर पढाउन थाल्दछन् । कर्मचारी आफ्नो कर्तव्यपथमा आत्मानुशासन पूर्वक हिँड्छ । जब डाक्टरले आफ्नो फी भन्दा बिरामीको अनुहारका खुशी हेर्न थाल्दछ ।

बिहानको समय आफ्नो लागि दिएर मानसिक र शारीरिक तन्दुरुस्तीको लागि ध्यान, योग, जीम, स्विमिंग र अध्ययन गर्ने ।

दिउँसो समयको आवश्यकताले विकास गरेका र आधुनिक विज्ञानले आविस्कार गरेका फाइभ जीको रफ्तारमा काम गर्ने र आविस्कार हुन बाँकी सिक्स जीको आयाम र रफ्तारमा सामाजिक तथा व्यवसायिक जिम्मेवारी बहन गर्न योग्य बनाउने ।

व्यापारीले नाफामात्र भन्दा ग्राहकको सेवालाइ प्राथमिकता दिन्छ । पत्रकार इन्जिनीयर, डाक्टर न्यायमुर्ति आफ्नो पेशामा इमान्दार हुन्छन् । र नेताहरु जब राजनीतिमा त्यागको व्यवहार र भावनाले मात्रै आउँछन् तब न समाज र संसार सुन्दर बन्दछ ।

त्यसपछि कल्पना गरौँ त अहिलेको महामारीले तोकिदिएको डेड मिटर भौतिक दुरी भन्दा बढी दुरी कुनै व्यक्ति व्यक्तिबीच, समाज समाज बीच वा देश देशबीच कायम राखिरहन आवश्यक होला र ?

हामीले उदाहरण दिने हो भने हाम्रा सर्वशक्तिमान नेताहरुको दिनचर्या कस्तो छ ? माहामारीले सृजना गरेको अहिलेको परिस्थितिका बीचमा पनि उनीहरुको दिनचर्याको अनुकरण गर्न योग्य छैन ।

बिहान सुर्योदय नहुँदै उनीहरुका निवासमा भेटघाटको भिड जारी छ । महामारीले ठुलालाई र ठुलालाइ भेट्नेलाई छुदैन जस्तो भान दिँदै त्यो लस्कर बिहानभरि हुन्छ । दिउँसो देशको लागि दिनु पर्ने खास समयको पनि सदुपयोग हुन पाउँदैन ।

र साँझ फेरी त्यस्तै भेटघाट र अनावश्यक कुरामा नै समय जान्छ । मानौँ कुनै आत्मानुशासन नै छैन । आफैँ आत्मानुशासनमा रहन नसक्ने नेताले गर्ने शासन कसरी सुशासन हुनसक्ला ? यो प्रश्न गर्ने बेला भएको छ ।

मानव सभ्यतालाइ अर्को उचाइमा पुर्याउने गरि स्वस्थ्य, आत्मअनुशासित, आत्मनिर्भर, स्वाधीन, सस्कारी, उद्यमशील र स्वयंमसेवी नेतृत्व अहिलेको समयले माग गरिरहेको छ ।

बिहानको समय आफ्नो लागि दिएर मानसिक र शारीरिक तन्दुरुस्तीको लागि ध्यान, योग, जीम, स्विमिंग र अध्ययन गर्ने । दिउँसो समयको आवश्यकताले विकास गरेका र आधुनिक विज्ञानले आविस्कार गरेका फाइभ जीको रफ्तारमा काम गर्ने र आविस्कार हुन बाँकी सिक्स जीको आयाम र रफ्तारमा सामाजिक तथा व्यवसायिक जिम्मेवारी बहन गर्न योग्य बनाउने ।

अनि साँझको समय सकारात्मक चेतनाले आफ्नो परिवार, साथीसंगी र समाजलाइ खुशी राख्नसक्ने व्यवहार र विचारयुक्त व्यक्ति नै यो समयले खोजेको नेतृत्व हो । के हामी यो चुनौती र अवसरलाई स्वागत गर्न तयार नहुने ?

मृत्यु सत्य कुरा हो । यो सबैलाई थाहा छ । तर थाहा होइन कि बोधको स्तरमा सबैमा हुने हो । र नयाँ जीवंनशैली अपनाउँदै मानसिक, शारीरिक र सामाजिक रुपमा तन्दुरुस्त हुँदै प्राकृतिक निधनलाई सचेतना पूर्वक स्वीकार गर्दा पछिल्लो पुस्ताको भन्दा अघिल्लो पुस्ताको निधन पहिले हुने पक्का छ ।

अमर मार्गको यात्रा

सबैको यस्तो र उस्तो हुनुपर्छ भनेर अरुमै यस्ता गुण देख्न चाहने मात्रै भयो । हामी सबैमा अरुमा होइन कि आफैँमा यो कुराको जीवनशैली निर्माण गर्न लाग्नु पर्दछ । यसपछि समाजले प्रश्न गरोस् मेरो जीवनशैलीका बारेमा ।

अरुका लागि होइन मैले आफ्नो लागि, समाजको लागि र परिवारको लागि यो अनुकुलको जीवनशैलीको अभ्यास सुरु गरिसकेको छु । अहिले शारीरिक रुपमा इम्युन सिस्टम बलियो बनाउने बहस हुन्छ ।

र त्यसका लागि बेसार पानीको चर्चा समर्थन वा विरोधमा मात्रै हुन्छ । तर बेसार पानी पिउनु राम्रो हो । साथै त्यो अघि र पछी पनि अरु केही कुरा हुन सक्छ वा गर्न सकिन्छ भन्ने सकारात्मक बहस किन नगर्ने ?

बेसार पानी लगायत भौतिक वस्तु शारीरिक इम्युन सिस्टमका लागि ठीक कुरा हो । तर शारिरीक इम्युन सिस्टम मानसिक इम्युन सिस्टम बलियो नबनी सम्भव छैन ।

उदाहरणका लागि हामि रुख काट्नु अघि बन्चरो तिखार्नु परे जस्तै हो । हामीले बन्चरो तिखार्नु भनेको पहिले मानसिक इम्युन सिस्टम बलियो बनाउनु हो ।

व्यक्ति, व्यवसाय वा सिंगो राज्यले नै सोसियल रेस्पोंसिबिलीटि स्वरुप पहिले मानसिक र सँगै शारीरिक इम्युन सिस्टम बलियो बनाउने योजना निर्माण गर्नु पर्दछ । त्यसपछि व्यक्ति, समाज र देशको विकास जुनसुकै परिस्थितिसँग सामना गर्ने क्षमता बढ्ने र विकास अर्को उचाईमा पुग्ने सुनिश्चित छ ।

र अन्त्यमा मृत्यु सत्य कुरा हो । यो सबैलाई थाहा छ । तर थाहा होइन कि बोधको स्तरमा सबैमा हुने हो । र नयाँ जीवंनशैली अपनाउँदै मानसिक, शारीरिक र सामाजिक रुपमा तन्दुरुस्त हुँदै प्राकृतिक निधनलाई सचेतना पूर्वक स्वीकार गर्दा पछिल्लो पुस्ताको भन्दा अघिल्लो पुस्ताको निधन पहिले हुने पक्का छ ।

यो सत्यलाई संस्कार पनि बनाउने हो भने हरेक पहिलो पुस्ताको व्यक्तिले नयाँ पुस्तालाइ यो सत्यको बोध गराउँदै जान्छ र सबै अमर बन्ने सभ्यताको सुरुवात यही बिन्दुबाट सुरु हुन्छ ।

लेखक हाल सिड्नीमा बस्छन् ।