काठमाडौं, २३ भदौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री डा.शशांक कोइरालालाई अस्वस्थ भएका छन् ।
उनलाई सामान्य ज्वरो आएको छ । सोमबार साँझतिर सामान्य ज्वरो आएपछि डा.कोइरालालाई उपचार गर्न थालिएको छ । उच्च स्रोतका अनुसार मंगलबार महामन्त्री डा.कोइरालाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।
कोरोना महामारीका बेला नेता तथा कार्यकर्ताहरूसँग महाराजगञ्जस्थित निवासमै भेटघाट गर्दै आएका डा.कोइरालालाई सोमबार अचानक स्वास्थ्यमा समस्या आएको थियो ।
डा.कोइराला बिरामी भएका विषयमा निजी सचिवालयले केही भनेको छैन । डा.कोइरालाको स्वाबको रिपोर्ट तीन बजेसम्म आउने जनाइएको छ ।















प्रतिक्रिया