३ कार्तिक २०८३, मंगलबार

नायिका कंगनालाई शिव सेनाकाे धम्की

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडकी चर्चित नायिका कंगना रनावत विवादका केन्द्रमा छिन् । सत्य कुरा बोल्दा कसैले केहि भनिहाल्ला कि भनेर पटक्कै हेक्का नराख्ने कंगना पुनः विवादमा तानिएकी हुन् ।

पाकिस्तानको अधिनमा रहेको काश्मिरसँग मुम्बइको तुलना गरेकी कंगनाले अभिनेता सुशान्तसिंह राजतपुतको हत्याको निष्पक्ष छानविन नगरेको भन्दै मुम्बई प्रहरीको समेत कडा आलोचना गरेकी थिइन् ।

लगत्तै शिवसेनाका सांसद सञ्जय राउत र मुम्बई महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले कंगनाको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए । फेरी कंगनाले एक भिडियो सन्देशमार्फत शिवसेनाले आफुलाई धम्की दिएको आरोप लगाएकी थिइन् ।

कंगनाका अुनसार शिवसेनाले उनलाई मुम्बई नआउन र आएमा आफ्नो महिला समूहले कारबाही गर्ने चेतावनी दिएको थियो । प्रतिउत्तरमा कंगनाले आफू मुम्बई आउने र रोकेर देखाउन शिवसेनालाई चुनौति दिएकी थिइन् ।

सोही भिडियो सार्वजनिक भएपछि भारतको केन्द्र सरकारले कंगनालाई ‘वाई श्रेणी’ को सुरक्षा उपल्ब्ध गराउने निर्णय गरेको छ । यो भिआइपी व्यक्तिहरूलाई उपलब्ध गराइने सुरक्षा व्यवस्था हो । यसमा ११ जना सुरक्षाकर्मीको घेरामा २ जना कमाण्डो र २ जना पीएसओ रहन्छन् ।