७ कार्तिक २०८३, शनिबार

सामाजिक सञ्जालबाट अपमान गर्नेलाई कारवाही गर्न माग

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ भदौ । नेपाल पत्रकार महासङ्घले पत्रकारको सामाजिक र पेशागत प्रतिष्ठामा आघात पु¥याउने र अपमान हुनेगरी सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।

महासङ्घले बागलुङ शाखाका पूर्वअध्यक्ष एवं एभिन्यूज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी, शाखा कार्यसमितिका सहसचिव एवं माउन्टेन टेलिभिजनका सम्वाददाता सुवास आचार्य र ई–बागलुङ अनलाइनका सहायक सम्पादक रामप्रसाद घिमिरेको व्यक्तिगत र पेशागत चरित्रमा आँच आउने गरी सामाजिक सञ्जालमार्फत पोष्ट गरिएको सामग्रीप्रति ध्यानाकर्षण भएको जनाउँदै कारवाहीको माग गरेको हो।

‘महासङ्घ बागलुङ शाखाका अनुसार भाद्र १८ र २१ गते बागलुङ नगरपालिका–४ कुँडुले फेँदी निवासी चन्द्रकान्त पौडेलले सामाजिक सञ्जाल (फेसबुक) मार्फत् तस्वीरसहित पत्रकारत्रयलाई आफूले कारबाही गर्न अनुरोध गरेको र केन्द्रीय नेतृत्वले महासङ्घको सदस्यता नरहने गरी कारबाही गर्ने आश्वासन दिएको भनेर पोष्ट गरेका थिए,’ महासङ्घद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ । –रासस