७ कार्तिक २०८३, शनिबार

६ फुटबल खेलाडीविरुद्ध गलत कानुन प्रयोग गरेर मुद्दा दायर भएको सर्वाेच्चको ठहर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ भदौ । सर्वाेच्च अदालतले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापासहित ६ जनालाई गलत कानुनको प्रयोग गरेर मुद्दा दायर भएको ठहर गरेको छ ।

सर्वाेच्चले गत असार २ मा म्याच फिक्सिङको आरोप लागेका थापालसहित ६ जनालाई सफाइ दिएको थियो ।

सो फैसलाको पूर्णपाठअनुसार ६ जनालाई नै गलत कानुन प्रयोग गरिएको ठहर गरिएको छ ।

पूर्वकप्तन थापासहित विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई २०७२ कात्तिक २२ गते विशेष अदालतमा राज्यविरुद्धको अपराध र सजाय ऐन, २०४६ को दफा ३.१ अन्तर्गत कसूर हुन्छ भनी मुद्दा दायर गरिएको थियो ।

तर यो कानुनअन्तर्गत उनीहरूले म्याच फिक्सिङ गरेको भए पनि राज्यविरुद्धको अपराध र सजाय ऐनअनुसार सजाय हुन नसक्ने सर्वोच्चको ठहर छ ।

सर्वोच्चको पूर्णपाठमा भनिएको छ, ’प्रतिवादीहरूले गरेको भनिएको कार्यमा जुन कानुनको प्रयोग हुनुपर्ने भनी अभियोग माग र पुनरावेदनमा समेत जिकिर लिइएको छ सो कानुन आकर्षत हुनसक्ने देखिएन । कानुन नै आकर्षित नहुने भएपछि तथ्यमा प्रवेश गरी अन्य कुराहरू हेरी न्याय निरुपण गर्न मिल्ने अवस्था भएन । कानुनको अभावमा अभियोग दाबी पुग्न नसक्ने भन्दै प्रतिवादीहरुले नेपाल सरकारले प्रस्तुत गरेको मुद्दा लिएको अभियोग दाबीबाट सफाई देखिदा सदर हुने ठहर्छ। पुनरावेदक वादी नेपाल सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन ।’

विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो ।