
काठमाडौँ, २२ भदौ । सुदूरपश्चिममा नेपाली सेनाका ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा सुदूरपश्चिम नेपाली सेनाको पृतनाको तालिम शिक्षालय रहेको कैलालीको लम्कीस्थित गोरुंगे ब्यारेकका रहेका छन् ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको कोभिड–१९ को स्वाब परीक्षणमा ६३ जना सैनिकमा संक्रमण पुष्टि भएको हो ।
केही दिन अघि त्यहाँ कार्यरत ४ जना सैनिकमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुसँग सम्पर्कमा आएकाहरुमा २ सय ४५ जनाको परीक्षण गर्दा थप ६३ जनामा संक्रमण पुष्टि भएको हो ।
गोरुंगे ब्यारेक सुदूरपश्चिमको सैनिक तालिम केन्द्र हो ।















प्रतिक्रिया